विराटनगरमा भिखारीहरुको प्रदर्शन



साँखु÷विराटनगरमा भिखारी एकता समाजको नाममा गत जेष्ठ १३ गते करिब ७०÷८० जना भिखारीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले दान दातव्यका रुपमा भिखारीहरुलाई पैसा दिँदा कम्तिमा रु. ५ दिन पर्ने व्यवस्था कानुनी रुपमै गरियोस् भन्ने माग गरेका थिए ।

विराटनगरको कालीमन्दिरबाट सुरु भएको उक्त जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । उनीहरुले संघियतामा आफ्नो हक अधिकारको सुनिश्चितता हुनुपर्ने माग समेत गरेका थिए । यस अघि कुसुण्डा जातिका राजा मामा, राउटे जातिले समेत संघियतामा आफ्नो हक अधिकार सुनिश्चित हुनुपर्ने माग गरिसकेका छन् ।
Reactions

Post a Comment

0 Comments