सांखु कुमारी संक्षिप्त परिचय
- प्रवीणराज श्रेष्ठ 'सक्व'
नेपाल उपत्यकामा रहेका कुमारीहरुको प्रख्याती र प्रमाणका विषयमा केहि लेखिरहनु आवश्यक नहोला। तर पनि सक्व, सांखु कुमारीको कुरा गर्दा यसको इतिहास, इतिहासकै गर्भमा लुकिरहेको देखिन्छ। यहाँको कुमारीको प्रथा कुन कालदेखि चलेको हो भन्ने यकिन नभएता पनि यस कुमारीलाई प्रत्येक दशैंको शुरु अष्टमी (आश्विन कृष्ण ८)को दिन राती चलाखु टोलमा द्यः ब्वनेगु (देव-देवीहरुलाई निम्ता) भनी पूजाआजा गरिन्छ। भोलिपल्ट नवमीको दिन चलाखु टोलकै अजिमाद्यः (भद्रकाली)मा कुमारी पाठी बलि सहित पूजा गरेपछि फेरि साल्खा टोलको महादेवस्थान स्थित अष्टमातृका(नीलकाली चामुण्डा)मा बोका बलि साथ पूजाआजा गरिन्छ। त्यसै राती साल्खा टोल स्थित रामझुपडी भजनघर (कुमारी मण्डप)मा नियमपूर्वक कुमारी भोजन गराइन्छ। भोजन गराउँदा क्रमशः गणेश, कुमारी, भैरव, जिथिकुमारी र महांहरुलाई आ-आफ्नो स्थानमा राखेर प्रसाद स्वरुप भोजन गराइन्छ। पछि साल्खा टोलकै कुमारीगालसम्म लगेर विसर्जन गरिन्छ। यसै गरी बडादशैंको आश्विन शुक्ल महानवमीमा पनि त्यसै प्रकारले वज्राचार्य थकालीको घरमा पूजा-आजा र भोजन हुन्छ।
उपत्यकाकै भिन्न प्रकारको विशेषता बोकेको सक्व, सांखु कुमारी प्रत्येक वर्षको दुईपल्ट विधिपूर्वक सार्वजनिक भएपछि फेरि अर्को वर्ष नभए सम्म सार्वजनिक नहुने चलन छ। यस कुमारी जीवनभर कुमारी नै भएर बस्नु पर्दैन बेलविवाह पछि अर्को कुमारीको चयन हुन्छ। यस कुमारीका लागि गुठी स्थापना गरी प्रशस्त जग्गा जमिन रहे पनि हाल गुठी संस्थानको केहि खर्च र गा॰वि॰स॰को रकमबाट चलिरहेको छ। हाल तलेजु भवानी मन्दिर चखुंकेबबाट पूजा प्रारम्भ हुन्छ।
गुठियारहरु स्थानियबासीहरु लक्ष्मीनारायण पण्डित श्रेष्ठ, धर्मनारायण किसि श्रेष्ठ, राजेन्द्र पन्याजू श्रेष्ठ, मीनबहादुर जोशी हुनुहुन्छ।
कुमारी चयन गर्ने र कुमारी संगसंगै रहने गणेश, भैरब र जिथिकुमारीको चयन वज्राचार्य कुल पुरोहित (थकाली)बाट निर्णय हुन्छ। सो निर्णयको जानकारी महांद्वारा गुठियारलाई जानकारी गराइन्छ। कुमारी हुनको लागि वज्राचार्यकै सन्तानहरु नै अनिवार्य रहेको छ।
(साभारः सांखु महोत्सव, २०६६ चैत्र २०-२२ अवसरमा वितरित पर्चामा आवश्यक सुधार गरी प्रस्तुत।)
source: nepalmandal.org

4 Comments
Hello,
ReplyDeletemy name is Michael from Germany. I am doing some research in the Kumari-Tradition of Nepal.
Can anyone give me a translation of the above post in english? I am also thankful for any information about the Kumari of Sankhu. (Information about specials of the Kumari of Sankhu, names of the sitting and ex-Kumaris, time of mandate, dates of enthronement and deposition, ...)
Thanking you in anticipation and best regards
Michael

Hey Michael, I'll give u a hint. If u want the following text in English, just u can go to the website http://www.unicodenepali.com & simply copy & past the text there & translate it in English or translate it my using (babylon translator 10.0.1)
ReplyDeleteAll the best for your research! :-)