This is one of the main traditional dance of Sankhu. It is one kind of "Charya Nitya". The 3 main Devis (Devi, Bhaairavi, Chandi) are porformed the dance whole night on month of Bhadra kage astami.
प्रकाश मान सक्व
साँखु बज्रयोगिनी देवीको विधिपूर्वक कलश पूजा सकेपछि देवीको शिरको तीनवटा गहनाहरुलाई देवी नृत्य गर्ने पात्रहरुलाई प्रदानगरेपछि देवीको शक्ति चढदछ । त्यहाँ शक्तिको भरमा रात्रि साँखुनगरमा परम्परागत डबलीहरुमा देवी नाच नचाइन्छ ।देवी नृत्यको लागि गुठी र जग्गाको व्यवस्था गरेको छ । गुठियार हरुमा नाइके र सहायक नाइकेहरुको व्यवस्था गरेर बाजा बजाउनेसमूह, गीत गाउने समूह, नृत्य गर्ने समूह, कलाकार समूह, देवीगणहरु ख्याक, कंकाल र बेताल नृत्य समूह र उनीहरूलाई मुकुण्डो, गहना, लुगा सजावट गर्ने समूहहरुलाई सहयोगीहरुसमेत रातभर जाग्राम बस्दछन् ।परम्परागत रूपमा देवी नृत्यको व्यवस्थापन गर्नुपर्ने भएकोले भाद्र शुक्ल अष्टमीको कागेश्वरी मेलामा देवी नृत्य निकाल्नको लागि एकमहिना अगाडिदेखि नै गीत, वाद्य र नृत्यको अभ्यास शुरू गरिन्छ । साक्षात् बज्रयोगिनी देवीको शक्ति आव्हान गरेर नृत्य प्रस्तुत गर्नु पर्नेभएकोले धार्मिक विधिविधान पूरा गर्नुपर्दछ ।देवीनृत्य गर्ने कलाकारहरु व्रतबन्ध गरिसकेको हुनुपर्दछ । कपाल खौरनुपर्ने, नियमित पूजामा संलग्न हुनुपर्ने, तालिममा सहभागिता हुनुपर्ने। गीतको बोल र लयअनुसार नृत्य गर्नुपर्ने भएकोले अनुशासनात्मक परिधिमा बस्नुपर्ने हुन्छ यस साँखु देवी नृत्यबारेमा देवी गुठीकाखिंबाजा नाइके कवलका श्रीकृष्ण श्रेष्ठ खानेवालेका अनुसार दैवीशक्ति प्राप्त महिमाबारे धेरै पुरानो देवीनाचको बारेमा थ्यासफुको कार्यगर्नुपर्ने बारेमा जानकारी दिनुभयो साथै देवी भागवत् पुराणको महिमा र शिव पार्वतीको अर्द्ध नारेश्वरको महिमा सम्बन्धी कथाव्याख्यानुसारको देवी नृत्य चलाएको बुझिन्छ ।
प्रत्येक वर्ष कागे अष्टमीको दिन कागेश्वर महादेवस्थानमा ठूलो मेला लाग्दछ । मेलामा विशेषतः गोसाइँकुण्ड, पाँचपोखरीको तीर्थ यात्रागरेका तीर्थ यात्रीहरुले सो स्थानको जल कागेश्वर महादेवलाई चढाएपछि मात्र फल मिल्ने भन्ने जनविश्वास रहेको कारण पनि उक्त दिनकागेश्वर स्थानमा जाने भक्तजनहरुको भिड लाग्ने गर्दछ । मेलामा विशेषतः तामाङ समुदायका झाँक्री विद्या सिकेका व्यक्तिहरूको पूजाआजाको लागि पनि भिड लाग्ने गर्दछ . वर्षभरिमा कोही कसैलाई काग वा चराचुरूङ्गीले विष्ट्याएमा कागेअष्टमीका दिन कागेश्वर महादेवस्थानमा गएर स्नान गरेमा चोखो हुन्छभन्ने कथन रहेको छ । मेलामा आएका भक्तजनहरुलाई कागेश्वरी गुठीले आफ्नो आयश्रोतबाट प्रसाद बाँड्ने चलन थियो हाल आएरगुठीको जग्गा रैकर र व्यक्तिको नाममा दर्ता हुन आएपछि यो परम्परा हराएको छ ।कागेश्वर महादेवको बारेमा एउटा किंवदन्ती कथा यस प्रकार वर्णन गरिएको पाइन्छ । धेरै पहिले एउटा गाईले किसानलाइ दूध दिएन ।त्यसपछि त्यो गोठाला किसानले गाईको चियो गरेर हेर्दा गाईले निङ्गालोको झाङ्ग र एउटा ढुंगाको पहरा छेउमा गई दुध आफैँले चुहाएरचढाएको भेट्टाए । त्यसपछि सो स्थानमा राम्रोसँग खोजविन गर्दा सुनको काग देखिएको थियो । त्यसपछि सोही ठाउँमा तत्कालीनसरकारले गुठी बनाई केही जग्गा आयस्ताको रूपमा राखेर कागेश्वर स्थापना गरी पूजाआजा गराएका थिए । कागेश्वर गणेशकोपादपृष्ठमा पुरानो अभिलेख पाइएको छ ।साँखुमा कागेअष्टमीको दिन देवी, चण्डी र भैरव गरी तीन देवताहरूको नाच देखाउने चलन रहेको छ । यस नाचलाई स्थानीयले देवी प्याखं भन्ने गर्दछन् । साँखुमा नचाइने देवीको नाच अन्य स्थानमा देवीको नाचभन्दा केही फरक रहेको विश्वास गरिएको छ योरातभरि साँखुका परम्परागत चारवटा डवली (चलाखुटोलको देवी व इल्लाटोलको लायकू दबु, धुल्ला टोलको द्यः दबु र साल्खा टोलकोजनदबु) हरुमा र विभिन्न देवस्थानहरू र चोक चोकमा द्यःल्हायेगु र बाटामा समेत नाच्दै जाने चलन रहेको छ । यो नाच चलाखुटोलमापश्चिम फर्काएर नचाइन्छ भने दुगाहिटी टोलमा उत्तर फर्काएर नचाइन्छ त्यसैगरी सुन्टोलमा उत्तर फर्काएर नचाइन्छ भने साहाँगालमा पनि उत्तर फर्काएर नचाइने हुँदा दबलीमा नचाएको हेर्न अप्ठ्यारो छइपाटोल, र ईल्लाटोलमा देवी नृत्य पश्चिम फर्काएर नचाइन्छ भने धुल्लाटोल र साल्खाटोलमा पनि उत्तर फर्काएर नै नचाइन्छ ।यस नाचमा ख्याक, कंकाली र बेतालको अर्को समूहले पनि रमाइलो गरी नाच देखाउने चलन रहेको छ । सायद एउटै किसिमको चर्यानाच हेर्दा खल्लो नलागोस् र देवी नाच नाच्ने व्यक्तिहरुलाई केही समय आराम गर्ने वातावरण मिलोस् भनेर यसरी ख्याक नाचकोव्यवस्था गरिएको हुनुपर्छ उक्त देवी, चण्डी र भैरवलाई पूजा गरी साक्षात् भगवती स्वरूप मानी धार्मिक आस्थाका साथ पूजा प्रार्थना गर्नेगरिन्छ ।नेवारहरूको परम्परागत शास्त्रीय गीत मालश्री र खिं, नायखिं, नाशगोरा, अस्टारा, तिन्छु र माहेलीका साथसाथै अन्य बाजाहरू बजाईशास्त्रीय सङ्गीतको आधारमा यो नृत्य नचाइन्छ बाजा बजाउनेले गल्ती गरेमा खड्ग लिई नाचिरहेको बेला सोही खड्गले उक्त बाजालाईछप्काउने (प्रहार गर्ने) गरेको भनाई सुनिनमा आएकोले उक्त नाचमा बाजा र राग गीतको पनि उत्तिकै महत्त्व रहेको मान्न सकिन्छ । २०७९सालमा नयाँ कलाकारहरूबाट देवी नृतय प्रस्तूत गरियो । यो नाच दशैंको केही दिन अघिदेखि तिहारसम्म र श्री उग्रतारा बज्रयोगिनी जात्राको निम्तो जाने दिन ( जात्रा ८ दिन अघि) देखि बीचाःपूजा (जात्रा सकेको ४ दिन पछि जाने पूजा) नसकेसम्म (२० दिन) देवी नृत्य निकाल्न नपाइने भनी देवी नृत्य सिकाउन पूजा गर्ने पुजारीगुभाजु (बज्राचार्य) लाई चाहिने विधि पुस्तकमा उल्लेख भएको पाइन्छ कागेअष्टमी बाहेक यस नाच नचाउन यदि कसैले नासद्योः(नाट्येश्वर) को पूजा गरी अनुरोध गरेमा रामनवमी र जुगार नवमी (बज्रयोगिनी दिन देखाइने चलन रहेको छ नाच सिकाउन र निकाल्नुअघि हृयाउँख्खा माजु (श्री उग्रतारा को पुजा गरिन्छ नाच सुरू गर्नु अघि देवी चण्डी र भैरवी एकएक वटा हृयाउँख्यामाजुको शिरकोकिकंपा राखि दिने चलन रहेको छ । यसले गर्दा श्री उग्रताराले नै तिनीहरूलाई दैवी शक्ति दिने अनुमान गर्ने गरिएको छ ।यस नाचमा देवी, चण्डी, भैरव, ख्याक, कंकाल र बेताल आदिका साथै राग गाउने र वाद्य वादकहरूको महत्वपूर्ण भूमिका रहेको देखिन्छदेवी र चण्डीले रातो रङ्गको भने भैरवले कालो रंगको मकुट र जामा लुगा लगाउँछन् । उनीहरूले खुट्टामा घंघला हातमा चाँदीको कङ्गन, घाँटीमा ठूलो बुट्टाको सिक्री, तायो र शिरमा ह्याउँख्खा माजुको शिरमा रहने किकंपा (जुन जात्रा पछि फिर्ता
बुझाइन्छ) का साथै विशेष प्रकारले सजाइएको (चुबेकु स्वाँ अर्थात् सुगन्धराज फुल) फुलका साथै अन्य गरगहनाले सजाइने गरेकोपाइन्छ साँखुमा प्रदर्शन गरिने देवीको नाचमा अन्यत्रजस्तो महिषासुर दैत्यको प्रतिनिधित्व रहँदैन र खाली प्रतीकात्मक रूपमा देवी, चण्डीर भैरव तीन जनाले नाच्दै आफ्नो खड्ग ढुङ्गामा छप्काउँदै (प्रहार गर्दै) दैत्यको वध (हत्या) गरेको मुद्राको ज्वलन्त अभिनय गरी देखाइन्छ। यस सम्वन्धमा प्रचलित एक किंवदन्ती अनुसार पहिले साँखुको देवी नाच हरेक वर्ष काठमाण्डौको हनुमान ढोकामा लगी नचाइन्थ्यो ।त्यस क्रममा एकवर्ष हनुमान ढोकामा साँखु र काठमाडौंको देवी नाच बीच जम्का भेट हुँदा साँखुका देवी नृत्यमा दैत्य पात्र नभएको भनीखिज्याइएको थियो । त्यस क्रममा साँखुका देवी गुठीका गुठियारहरुले साँखुको देवी नाचमा साँच्चिकै देवी भगवतीको प्रवेश हुनेभएकोले दैत्यको रूपमा नाच्ने व्यक्तिको शारिरीक रूपमै वध हुने जनविश्वास रहेकै कारण दैत्य पात्र नराखिएको जिकिर गरेका थिए ।तर यसरी जिरह गर्दा काठमाण्डौका देवी टोलीले नमानी ´ल हाम्रो दैत्य पात्र राखेर नचाउन सक्छ ? भनी चुनौती दिएकाले बाध्य भईतिनीहरूको दैत्य पात्र राखी नचाउँदा दैत्यलाइ छुदै नछुवाई आफ्नो खड्ग देवीले ढुङ्गामा प्रहार गरी दैत्य मार्ने अभिनय गर्दा दैत्य पात्र हुनेव्यक्तिको तत्कालै अचेत भई मृत्यु हुन पुगेको जस्तो अचम्मको घटना घटेपछि साँखुको देवी त साँच्चिकै दैवी शक्ति भएको मानिएकोथियो सोही बेलादेखि यस देवी नाचलाई साँखुमा मात्र नचाउनु, हनुमानढोका ल्याउन पर्दैन भनी राजाज्ञा भएपछि साँखुमा मात्र नचाउनेगरेको भनाइ रहेको पाइन्छ
यस नाचको थालनी नेपाल संवत् ९७६ भन्दा धेरै वर्षअघि के साँखुमा सुरू भएको देखिन्छ । एक दिन हृयाउँख्खा माजुले तीन जनाबच्चाहरूको भेष धारण गरी चलाखुटोलको सिन्धु चोकम आई नाचिरहेको बेलामा साँखुका शक्तिशाली तान्त्रिकले देखी तिनीहरूहृयाउँख्वा माजु नै रहेको भन्ने विश्वासमा तारण राखी (तान्त्रिक बलले) समाती अबदेखि वर्ष वर्षमा आई नाच देखाउने कवुल गराईछाडेको र त्यसै बेलादेखि साँखुमा देवी नाच शुरू भएको भन्ने किंवदन्ती रही आएको छ दैवी शक्ति सम्बन्धमा देवी नृत्यको लागिआवश्यक सरसामानहरु गुठीको नाइके (मुली) को घरमा राखिने र त्यसको कोठामा हरेक दिन आरती गर्ने गरिन्छ ।
एकपटक देवी नाच चलाउन नसक्दा बज्रयोगिनीको सम्पूर्ण बाँदरहरु साँखुमा आई उत्पात मचाई दुःख दिन थालेपछि नाच देखाउन ढिलोभएको कारणले यस्तो भएको होला भनी नाच देखाउनको लागि सिकाउन शुरू गरेपछि बाँदरहरु विस्तारै साँखुबाट हट्दै गए भन्नेकिंवदन्ती पनि चर्चित हुँदै आएको छ । साँखुको देवी नाचलाई अत्यन्त शक्तिशाली र उग्ररिसमा ठूलो विध्वंस र खुशीमा कल्याण सुख रसमृद्धि दिने हृयाउँख्वा माजु कै रूप मान्नुपर्ने र मानिआएको पनि पाइन्छ त्यसकारण साँखुको देवी नृत्य साँखु स्थापनाकाल देखि नैअस्तित्वमा रहेको अनुमान गर्न सकिन्छ
नृत्य चलाउन गुठीको व्यवस्था रहेको छ जसले गुठीको जग्गाबाट प्राप्त हुने धान र गुठी भवन भाडामा दिएवापत प्राप्त हुने बहालरकमबाट यो नाच देखाइँदै आएको छ । गुठीले यसलाई मनोरञ्जनको स्पमा नलिई साँस्कृतिक नाचको रूपमा लिएको छ । यसनाचलाई अझै विकसित, उत्कृष्ट र आर्थिक एवं भौतिक रूपमा सम्पन्न बनाउन सकेमा विश्वसाम् नेपाली कला संस्कृतिलाई परिचितगराउन र पर्यटन प्रवर्धन गर्न यसबाट थप टेवा पुग्ने कुरामा कसैको दुईमत रहँदैन ।
0 Comments