आफ्नै पार्टीका प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव !


साँखु÷गत शनिबार जेष्ठ १३ गते नेकपा एमाओवादीका वैद्य पक्ष र नेकपा एमालेका सभासद् एवं नेताहरु एमाओवादीका नेता कुलप्रसाद केसीको निवास थापागाउँमा भेला भएका छन् । सो भेलामा उनीहरुले बाबुराम भट्टराईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बारे चर्चा गरेका थिए ।
तर भ्यागुताको धार्नी भनेजस्तै उक्त भेलाले कुनै निर्णय भने गर्न सकेनन् । खाली प्रधानमन्त्री बाबुराम भट्टराईलाई वैद्य पक्षका नेताहरुले दबावमा राख्न मात्रै यस्तो पहल थालेको राजनैतिक वृत्तमा चर्चामा आएको छ । सो भेलामा अविश्वासको प्रस्ताव ल्याउने चर्चा भएतापनि आफ्नै सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउन एवं छलफल गर्न वैद्य पक्षकै कतिपय नेताहरु तयार नदेखिएपछि सो प्रस्ताव त्यसै तुहिएको छ ।
त्यसैगरी नेकपा एमालेको विशेष भेलामा समेत प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध अविश्वास प्रस्ताव ल्याउन भनि हस्ताक्षर संकलन गर्न खोज्दा जनजाति सभासद्हरुले हस्ताक्षर गर्न नमानेपछि अविश्वास प्रस्तावको विषय त्यत्तिकै तुहिएको बुझिएको छ ।
एमालेको संसदीय कार्यालयमा भएको भेलामा पार्टी अध्यक्ष झलनाथ खनालले खाली पन्नामा हस्ताक्षर संकलन गर्न खोजेका थिए । तर जनजाति सभासद्हरुले उक्त हस्ताक्षर एकल जातीय संघियताविरुद्ध प्रयोग हुने भनि हस्ताक्षर गर्न नमानेपछि ह्वीप जारी गर्न खोजेका थिए । तर जनजाति सभासदहरुले त्यस विषयमा होहल्ला गरी छलफल नै गर्न नमानेपछि हस्ताक्षर संकलन समेत गर्न सकेन ।
यसैबीच नेपाली काँगे्रसले भने पार्टी एकढिक्का भएको संकेत गरेको छ । केही अगाडि सम्म पार्टीको केन्द्रिय बैठकमा समेत नदेखिएका शेरबहादुर देउवा गत शुक्रबारदेखि बैठकमा उपस्थित हुन थालेका छन् भने जनजाति सभासद्हरुले समेत पार्टी एकताको लागि आफूहरुले उठाउँदै आएको एकल जातीय प्रदेशको सवालमा पार्टीले उचित समयमा उचित निर्णय नगरेको भन्दै आलोचना गर्दै संसदीय दल एकढिक्का रहेको जनाउ दिएका थिए । काँगे्रस नेताहरुले राष्ट्रपतिसँग समेत जेष्ठ १४ पछिको स्थितीबारे छलफल गरेका थिए भने प्रधानमन्त्री बाबुराम भट्टराईले पनि कानुनविद्हरुसँग छलफल गरेका थिए ।
Reactions

Post a Comment

0 Comments