news of Sankhu Salinadi Published on "Saptahik" weekly magazing.

शालीनदी काठमाडौं जिल्ला बज्रयोगिनी गाविस वडा नं. अन्तर्गत पर्छ यो स्थान पुरानो बसपार्कबाट करिब १७ किलोमिटर उतर-पूर्व दिशामा यो नदीको उद्गमस्थल लप्सीफेदी हो यो नदीमा नगरकोटबाट बग्दै आएको नदी मिसिएपछि मनोहरा खोलाका नामले चिनिन्छ यही मनोहरा खोला काठमाडौं भक्तपुरलाई छुट्याउने प्राकृतिक सिमाना पनि हो यो तीर्थस्थलमा विभिन्न पाटी-पौवा, देवदेवी, घाट, सत्तल, व्रतस्थल, यज्ञस्थल आदि छन् यहाँ महादेवको स्वेतरूप नर्वदेश्वर महादेवको मन्दिर पनि डोलेहरूको अवशेष मानिने ढुङ्गाहरू छाप्राहरू पनि यहाँ हेर्न सकिन्छ हालसाल्ौ यहाँ श्री स्वस्थानी देवीको मन्दिर पनि निर्माण गरिएको

माघ महिनामा लाग्ने यहाँको मेलालाई स्वस्थानीको मेला, शालीनदीको मेला तथा माधवनारायणको मेला आदि नामले चिनिन्छ । उक्त अवधिमा व्रत बसे आफ्नो मनोकामना पूरा हुने र मृत्युपश्चात वैकुण्ठमा बास पाइने धार्मिक विश्वास रही आएको छ । त्यसैगरी लाखौं भक्तजनहरू आफ्नो पापमोचन हुने र पुण्य आर्जन गर्ने उद्देश्यले शालीनदीमा स्नान गरी पूजा-प्रार्थना गर्छन् । भक्तजनहरूले व्रतालुलाई उपभोग्य वस्तु र नगद पैसा पनि दान दिन्छन् । स्कन्द पुराणमा स्वस्थानी देवीलाई खड्ग, त्रिशूल, वर र नीलकमल हातमा लिएकी, नाना अलंकार, वस्त्र पहिरिएकी तथा सुनको जस्तो वर्ण भएकी परमेश्वरीका रूपमा वर्णन गरिएको छ । स्वस्थानी व्रतमा अन्यत्र भगवान् शिवको गुणगान गाइए पनि शालीनदीमा भने माधव नारायणको पूजा-आराधना हुन्छ ।

किंवदन्ती अनुसार महादेव पति पाउने इच्छा लिएकी पार्वतीलाइ विष्णुले स्वस्थानी व्रतको अनुष्ठान सिकाई उनको उद्धार गरिदिएकाले विष्णुको आराध्य स्वरूप माधव नारायणको पूजा-प्रार्थना हुने गरेको धार्मिक विश्वास छ । व्रतारम्भको अघिल्लो दिन माधव नारायणको मूर्ति व्रतालुहरूको अगुवाइ गर्ने काजीको नेतृत्वमा व्रम्हपुरबाट शालीनदीको किनारमा रहेको धलंपु पाटीमा लगिन्छ । यो अवधिभर पुरुष व्रतालुहरू यसै स्थानमा रातभर धुनी बालेर भजन-किर्तन गरेर बस्छन् ।

पुरुष व्रतालुहरू हरेक बिहान सबेरै उठेर साँखु सहर परिक्रमा गरेर शंख फुक्दै महिला व्रतालुहरूलाई शालीनदीमा भेला हुन सूचित गर्छन् । सम्पूर्ण व्रतालुको स्नान सकिएपछि माधव नारायणको मूर्तिलाई धलंपु पाटीस्थित आसनमा विराजमान गराइन्छ । यो मूर्ति व्रत सकिएपछि हरेक दिन साल्खाटोलमै फर्काइन्छ ।

मूर्ति फर्काउन गएका व्रतालुहरू दर्शनका लागि साँखु सहरमा रहेका मुख्य-मुख्य देवदेवीका मन्दिरहरूमा जाने परम्परा छ । यसरी दर्शनका लागि जाँदा पुरुष व्रतालुहरूले हातमा स -साना प्यालाहरूमा छ्वाली राखिएको सहस्रधारा नामको कलश बोकेका हुन्छन् । यही कलशमा रहेको पानी देवदेवीलाई छर्किन्छ । साथमा आएका महिला व्रतालुहरूले भने कलशमा पानी थपिदिन्छन् । यसरी जल चढाउने क्रममा अन्तिम पटक ज्योतिलिङ्गेश्वर महादेव स्थानमा जाने नियम छ । त्यहाँ रहेको बसाहालाई नमस्कार गरेपछि व्रतसम्बन्धी त्यस दिनको कार्य विधिवत्रूपमा सम्पन्न हुन्छ । यसरी व्रतको कार्य सकिएपछि पुरुष व्रतालुहरू धलंपु पाटी भोजनका लागि र्फकन्छन् भने महिलाहरू भोजनका लागि आ-आफ्नो घर-डेरामा जान्छन् । यो प्रक्रिया व्रत अवधिभर निरन्तर जारी रहन्छ ।

अन्तिम दिन अर्थात् माघ पूणिर्माको दिनमा अश्वमेघ यज्ञ गरी अराध्य देव श्री माधव नारायणको पूजा-प्र्रार्थना गरी स्वस्थानी व्रत सम्पन्न हुन्छ । व्रत अवधिभर व्रतालुहरूलाई कठोर नियमले बाँधिएको हुन्छ । व्रतालुहरूले नुन सेवन गर्नुहुँदैन । दिनको एक छाक मात्र भोजन गनर्ुुपर्छ । खानामा रौं वा कोदो आए खाना खान छाड्नुपर्ने हुन्छ । खानामा भात, चिउरा, घिउ, चाकु, दूध, केराउ, सुन्तला, पालुङ्गो, मूला आदि खान हुन्छ । भीमा एकादशीका दिन भने फलफूल मात्र खान पाइन्छ ।

त्यसैगरी व्रत अवधिभर जुत्ता लाउन पाइँदैन टीका नलगाई पूजा पनि गर्न हुँदैन । खुट्टा बाँधेर पनि बस्न पाइँदैन । नियम पालना नगर्ने व्रतालुलाई कठोर सजायको व्यवस्था छ । उसले सजाय स्वरूप धोती मात्र लाएर शालीनदी पारी बसेर शंख फुकेर बस्नुपर्ने हुन्छ ।

व्रत अवधिभर व्रतालुहरूले करिब दुई सय किलोमिटर पैदल यात्रा पनि गर्नुपर्ने हुन्छ । यो पैदल यात्रालाई परदेश जाने भनिन्छ । यसअन्तर्गत व्रतालुहरू माघ कृष्ण त्रयोदशीका दिन दशर् नका लागि वज्रयोगिनी मन्दिर पुग्छन् । सो दिन वज्रयोगिनी परिसरमै व्रतका कार्य सम्पन्न गरिन्छ । त्यसको भोलिपल्ट पशुपतिनाथको दर्शनका लागि जानुपर्छ । पशुपति दर्शन सकिएपछि भोजनका लागि सानो गौचरणमा व्यवस्था मिलाइएको हुन्छ । त्यसपछि व्रतालु टोली नारायणहिटी र हनुमानढोका हुँदै माघ औंसीका दिन फर्पिङमा जान्छन् ।

त्यहाँ पूजा पाठ सकिएपछि भोजनका लागि पिच बाटो हुँदै करिब २० किलोमिटर हिंडेपछि शंखमूलमा मात्र भोजन गर्न पाइन्छ । शंखमूलबाट माघ शुक्ल द्वितीयाका दिन इमाडोल, लामाटार र त्यसपछि जंगल नै जंगलको कठिन र डरलाग्दो बाटो हिंडेर व्रतालुहरू पनौतीतर्फ लाग्छन् । पनौतीमा पूजा सकेपछि भोजनका लागि बनेपाको भोखुसीसम्म आउनुपर्ने हुन्छ । त्यसपछि बनेपा सहरलाई छाडेर व्रतालुहरू नाला, सुडाल, तेलकोट हुँदै पुनः शालीनदीमै र्फकन्छन् । त्यसैगरी माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशीको पूजापाठ चा ँगुनारायण मन्दिरको परिसरमा हुन्छ ।

माघ शुक्ल नवमीका दिन व्रतालुहरूलाई गुठी संस्थानले शालीनदीको किनारामा खीर ख्वाउने चलन छ । त्यो दिन अन्य खानेकुरा खान निषेध गरिएको छ । यसको दुई दिनअघि सप्तमीको दिन साँखुका हरेक घरबाट परिवारका सदस्यको संख्याका आधारमा खोटो भएको सल्लाको काठमा कपडा बेरी दियालो बत्ती बनाइन्छ । यसरी बनाइएका दियालो बत्ती त्यस दिन सबेरै बालेर शालीनदीमा टपरी राखेर बगाइन्छ । यसरी बत्ती बाल्दा परिवारको सुस्वास्थ्य-दीर्घायु हुने विश्वास गरिन्छ । त्यो दिनको बिहान बगाइएका बत्तीहरू हेर्न टाढाबाट आएका भक्तजन जाग्राम बस्छन् । नदीमा बगाइएका बत्तीले पानीमा आगो लागेजस्तो अनुभूति गर्न सकिन्छ ।
Reactions

Post a Comment

0 Comments