ABOUT PACHALI BHAIRAV

Published in KATIPUR 12 Years ago 

प्रकाशित मितिः २०६८ आश्विन २१ ०६:५६

काठमाडौ, आश्विन २१ - बाह्रवर्षे खड्गसिद्धि जात्रा दसैं टीकाको दिन सकिएको छ । पचली भैरवसँग १२ वर्षमा एक पटक राष्ट्रप्रमुखले खड्गसिद्धि गर्ने परम्परा मल्लकालदेखि चलिआएको हो । गणतन्त्र प्राप्त भएपछि पहिलोपटक भएको यस खड्गसिद्धि जात्रामा राष्ट्रप्रमुखको उपस्थिति भएन । राष्ट्रपति डा. रामवरण यादवलाई सरकारले जात्रामा जान अनुमति नदिएको हो । जात्रामा ऐतिहासिक मल्ल राजाको प्रतिनिधिका रूपमा भीमसेनस्थानका जयराम मल्ल उपस्थित भए ।काठमाडौंको मरु टोलस्थित काष्ठमण्डप -मरु सत्तल) अगाडि पूर्वतर्फ रहेको भूतेश्वर मण्डपमा जात्रा गरिन्छ । पचली भैरव नाचको बाह्रवर्षे खड्गसिद्धि जात्रा उपत्यकामा विशेष महत्त्वको मानिन्छ ।गठुहरूको एक समूह विशेष बाजागाजासहित पचली भैरव महादेवको मण्डपमा पुगेका थिए । यसअघि खड्गसिद्धि प्राप्त गर्न हनुमानढोका दरबारको मूलचोकबाट तलेजु भवानीको खड्गसहित जात्रा गर्दै राजखड्गलाई बोकेर समारोह स्थल पुऱ्याइएको थियो ।

पचली भैरवलाई आफ्ना गणहरूसहित टेकु पचली पीठदेखि शोभायात्रा गर्दै समारोहस्थल पुऱ्याइएको थिए । शोभायामा कुचो, जलधारा बगाउन ताँफ, सुकुन्दा र कलः बोकेकी पाँच जना नकींले स्वागत गर्दै पहिले नृत्यनाथको कलश, महालक्ष्मी, -कठितिया महाद्य) त्यसपछि देवीदेवगण क्रमशः सिंहिनी, ब्याघिनी, इन्द्रायणी - मनमैजु), पचली भैरव, भद्रकाली, वज्रबाराही, वैष्णवी, कुमारी, रुद्रायणी, ब्रह्मायणी र गणेश विभिन्न मुद्रामा नाच्दै लामबद्ध भई यात्रामा सम्मिलित भएका थिए । सबभन्दा पछि खीं, ताः, बबु, छुस्या र दुई जनाले पोंगा बजाउँदै वाद्यवादक र नाचको नाइकेहरू यात्रामा सम्मिलित भएका थिए ।

टेकुस्थित पचलीभैरवको पीठदेखि सिंहिनीको हातमा महापात्र, ब्यघिनीको हातमा डमरु, कुमारीको हातमा मयूरको प्वाँख, वैष्णवी -नारायणी) को हातमा गदा र चक्र, गणेशको हातमा बन्चरो र अरू सबैले हातमा खड्ग लिई सबै देवीदेवगण बाजाको तालमा विभिन्न मुद्रामा नाच्दै टेकुबाट, इनाखा, गोफल, लगन, जोशीदेवल, चिकंमुगल हुँदै भूतेश्वर मण्डपमा पुगेका थिए । खड्गसिद्धि जात्रा हेर्न काष्ठमण्डप वरपरि दर्शकको निकै भिड लागेको थियो ।

खड्गसिद्धि जात्राका लागि नवमीको रातमा सबै देवीदेवगणका मखुन्डो पचली भैरवपीठमा लगी जुनजुन गणका मखुन्डो हुन्, ती ती देवीदेवताका मूर्तिमाथि राखेका थिए । विजयादशमीको दिनमा पण्डित बद्रिन्त बज्राचार्यले बज्रयान बौद्ध धर्म तान्त्रिक विधिअनुसार पीठमा सहस्राहुति महायज्ञ गरेका थिए । त्यसपछि चर्या गीत गाउने, जीवन न्यास, आकर्षण प्रवेश, बन्धन, तोषण प्रतिष्ठा आदिकार्य गरी खड्गसिद्धि पूजा गरेका थिए ।

Pichali bhairav at sankhu after 48 years is celebrating 

ती सबै तान्त्रिक विधि सकिएपछि देवीदेवताको रूप धारण गरेका नर्तकलाई मखुन्डो, क्लेवर, पोसाक लगाइदिएका थिए । प्रत्येक गणको गलामा गहना, आङमा आधा बाहुला भएको चोलो, कम्मरमा जामा, पाखुरा र नाडीमा बाजुहरू लगाइदिएका थिए । पोसाक र मखुन्डोको रंग देवीदेवताको वर्णअनुसार जस्तो पचलीभैरवको नीलो, कुमारीको रातो, रुद्रायणीका सेतो, ब्रह्मायणीको पहेंलो रंग भएका छन् !


Reactions

Post a Comment

0 Comments