Nhu Falcha at Dhunlla Tole in Sankhu

The article from lawanyasandesh.com

Pic Source:- purna Shrestha Facebook and online 

Old Pic of falcha


साँखु शंखरापुर नगरपालिका वडानं  धुँलाटोल स्थित कलात्मक सत्तल उत्तरपूर्व मोहडाको झिंगटी छानो मुनि पूर्वी मोहडामा दुई वटाझ्यालहरुको बीचमा कलात्मक तीनमुखे सँझ्याल  उत्तर मोहडामा दायाँबायाँ दुईवटा झ्यालको बिचमा पाँच मुखे सँझ्याल थियो 

पहिलो तल्लाको पाटीमा कलात्मक खम्बासहितको कवलको अग्राख काठबाट करीब नेसं८१९ साल पछि साँखुका भुजिंपता(भुजिंपुतःसाहु जयशंकर भारोले निर्माण गरिंएको कुरा स्थानिय बुंढापाकाहरुको भनाई रहेको   जयशंकर भारो एकजना ठुलोब्यापारी थिए भने वहाँको दाजुभाई हरुले आफ्नो बूबार मुमाको नाममा बिश्वेश्वर महादेवको मन्दिर निर्माण क्रममा राखिएको नेसं८१९को शिलापत्र  साँखु ईन्लाटोलको सदावर्त सत्तल निर्माणको क्रममा राखिएको शिलापत्र नेसं८३६ को शिलापत्रमा क्रमशः हरिकृष्णभारोकृष्ण शंकर भारोजयशंकर भारोबिष्णु शंकर भारोरत्नसिंह भारो  जयरत्न भारोको नाम अद्यापी कुँडिएको देख्न पाईन्छ त्यस्तै साँखु ईन्लाटोलको सदावर्त सत्तलमा कृष्ण शंकर भारो  जय शंकर भारो ले बिष्णु शंकर भारोले आफ्ना नातेदारहरुको मृत्युपश्चात सतीगएकाहरुको नाममा पाटीमा बास बसेका सन्तमहन्तजोगीफकीरलाई खाना खुवाउने बन्दोबस्त सहितको गुठी गठीयारहरुको समेत नामाबलीमा जयशंकर साहुको नाम रहेको बाट धुँलाटोलको “न्हूफल्चा सत्तल” को ईतिहास प्रमाणित हुन्छ 

त्यस्तो मल्लकाल भुपालेन्द्र मल्लको पालाको आसपासमै निर्माण गरिएको सत्तल पाटीपौवाको सम्रक्षण,पुनर्निर्माण,सम्बद्र्धन गर्नु राज्यसमाज  टोलको पनि दायित्व हो 

धुँलाटोलको उक्त न्हूफल्चामा गर्मी मौसममा टोलको भजन गर्ने परम्परा पनि थियो भने दिउँसो बुढापाकाहरुको आराम गर्नेटोलकोसामुहिक कार्यको लागि छलफल गर्नेजात्राको मेलाको बेलामा जमघट हुने  ल्हासा ब्यापारीहरु साँखु भएर जाँदा  बेलामा ब्यापारी भरीयाहरु बास बस्ने तथा पाटीको खम्बामुनि ढुंगाको प्वाल भएको कील्लाहरुमा तिब्बतको ब्यापारीक मार्ग को समयमा झण्डै२०१७÷२०१९ सम्मपनि सार्थवाहु साहुहरुको घोडा बाध्ने तबेलाको रुपमा समेत सो धुँलाटोलको “न्हूफल्चा” प्रख्यात थियो 

त्यसकारण “न्हूफल्चाको मर्मतसंभारपुनर्निर्माणकोलागि जागरुक हुनु नितान्त आवश्यक भएको  

२०७२ सालको भूकम्पले ध्वस्त प्रायः भएको उक्त “न्हूफल्चाको पुनर्निर्माण ले झण्डै ३०० वर्ष भन्दा अगाडीको ईतिहासको पुनर्जागरणहुने बिश्वास लिन सकिन्छ 

– प्रकाशमान सक्

Reactions

Post a Comment

0 Comments