Introduction of Sankhu and It's tourism's Area

परिचय साँखु
राजधानी बाट करिब १७ किलोमिटर उत्तर पूर्वमा अवस्थित शंखरापुर (साँखु) शहर वा सक्व दे ऐतिहासिक एवं पौराणिक शहर हो । कलिगत सम्बत १८०१ अर्थात ३३ सय बर्ष अगाडि राजा शंखदेवले माता बज्रयोगिनीको निर्देशनमा सात गाउँ मिलाएर हजार घर त्यसमा चाहिने बगैचा, खुला क्षेत्र, चोक, ननी, मन्दिर इनार, धारा, पोखरी आदी राखी दाहिने शंखकारमा निर्माण गरेका कारण यसलाई शंखरापुर भनिएको हो ।
The wood carving and artistic temple @ sankhu

तिब्वत संगको ब्यापारिक मार्ग, यसै ठाउँबाट हुने भएकोले इतिहासमा तीब्वत मूनिको देश अर्थात सक्व देः (नेपाल भाषामा तिब्वतलाई) सँ  भनिन्छ र क्वय् भनेको मुनि र देः भनेको देश हो ।  शंखरापुर (साँखु) शहरमा बसोबास गर्नेहरु पूर्णरुपमा नेवार जातिका भएकाले यहाँका भवनहरु, नेवारी शैलीमा निर्माण गरिएको पाइन्छ र चाड पर्व, रितिरिवाज, नेवारी परम्परा र सँस्कृति अनुसार संचालन भै रहेको पाउँछौँ । उपत्यका कै पहिलो व्यवस्थित ऐतिहासिक पौराणिक बस्ती (शहर) शंखरापुर नगर धार्मिक तथा ऐतिहासिक महत्वले भरिएको काठमाडौँको एक प्राचिन शहर साँखु, शंखरापुर हो । कला, सँस्कृति तथा परम्परामा वविधता भएको यस नगरपालिकामा विशेष गरि नेवारी, तामाङ, क्षेत्री समुदाय को आफ्नै छुटै अस्तित्व रहेको छ ।

नगरपालिकाका अन्र्तगत थुपै पर्यटकिय दृष्टिकोणले महत्व पूर्ण क्षेत्रहरु मध्ये निम्न क्षेत्रहरु नयाँ गन्तब्यको रुपमा विकास गर्न सकिन्छ ।

१) सालिनदी क्षेत्रः
श्री स्वस्थानी ब्रतकथामा उल्लेखित सालिनदी क्षेत्र एक धार्मिक दृष्टिकोणले निकै नै महत्वपूर्ण मानिन्छ । शंखरापुर नगरपालिका वडा नं ७ मा अवस्थित यस क्षेत्र एक पवित्र भुमी हो । पौष शुल्क पुर्णिमा देखि माघ शुल्क पूर्णिमा सम्म प्रत्येक बर्ष १ महिना सम्म श्री माधवनारायाण तथा स्वस्थानीको ब्रत बसी मेला लाग्ने गर्दछ । सालिनदी क्षेत्रको विकास तथा पर्यटकिय हवको रुपमा विकास गर्न यस नगरपालिकाले विशेष क्षेत्रका राखी कार्ययोजना बनाई आइरहेको छ । सालिनदी क्षेत्रको बृहत्तर विकासको लागि सालिनदी गुरुयोजना तयारी अवस्थामा रहेको छ भने सडक तथा शौचालयको व्यवस्था सहित सामुदायिक प्रहरी, साँखु बाट सुरक्षा प्रवन्ध समेत मिलाइएको छ । नेपालकै प्रमुख क्षेत्रको रुपमा रहेको यस क्षेत्र लोकप्रियताको हिसाबले समेत माथि रहेको छ ।  नजिकको आकषर्क गन्तब्यहरुः नगरकोट, पंचमहालक्ष्मी मन्दिर, चाँगु नारायण, नारायणेश्वर

२) बज्रयोगिनी क्षेत्रः

धार्मिक आस्थाको केन्द्र श्री बज्रयोगिनी मन्दिर निकै कलात्मक शैलीमा निर्माण भएको आराध्यदेवी पर्यटकिय दृष्टिकोणले समेत मनमोहक रहेको छ । शंखरापुर नगरपालिका वडा नं ८ र ७ मा अवस्थित रहेको छ । बौद्ध तथा हिन्दु धर्मको संगम रहको यस बज्रयोगनी क्षेत्रमा धार्मिक सहिष्णुता देख्न पाईन्छ । ढुंगेयुग तथा लिच्छवीकालिन कला संस्कृतीले भरिपुर्ण यस क्षेत्रमा यसै ढुंगाका गुफाहरु रहेको छ ।
साँखु बजारबाट करिब ३ कि.मी उत्तर तर्फ रहको क्षेत्रबाट साँखु बजार लगायतका उपत्यकाको दृश्यावलोन गर्न सकिन्छ ।

बज्रयोगिनी क्षेत्रको बृहत्तर विकासको लागि बज्रयोगिनी गुरुयोजना भईसको को् छ भने सडक तथा शौचालयको व्यवस्था सहित नेपाल  प्रहरी, को बस्दोबस्त टोली सहित खटी सुरक्षा प्रवन्ध समेत मिलाइएको छ । नेपालकै प्रमुख क्षेत्रको रुपमा रहेको यस क्षेत्र लोकप्रियताको हिसाबले समेत माथि रहेको छ ।  नजिकको आकषर्क गन्तब्यहरुः मणिचुड, बैद्ध अर्किट मार्ग, झुले, चिसापानी, साँखु बजार

अन्य आकर्षणहरुः
देउराली पाराग्लाइडिङ, ट्रकिङ रुट, जहरसिंहपौवा, कात्तिके आदी 




Reactions

Post a Comment

0 Comments