साँखु बज्रयोगिनी जात्र सुरु


प्रत्येक बर्ष चैत्र शुक्ल पूर्णिमा देखि ८ दिन सम्म चल्ने श्री बज्रयोगिनी माईको जात्रा यस बर्ष पनि २०७३÷१२÷२९ गते देखि सुरु भई २०७४ ÷१÷ ५ गते सम्म चल्ने छ । शंखरापुर नगरपालिका वडा स्थित ७ स्थित साँखु नगरबाट करिव ३ कि.मि टाढा बज्रयोगिनी मन्दिरबाट कलात्मक ४ वटा देवी देवताहरुको पूर्णकटको बज्रयोगिनीको प्रतिमा साँखु बजारमा ल्याउने प्रचलन रहेको छ । प्रत्येक बर्ष साँखुका जम्मा ८ वटा टोलहरु मध्ये ४ वटा टोलहरुमा पालैपालो राखिने प्रचलन अनुसार यस बर्ष चलाखुटोलमा राख्ने पालो रहेको छ । ८ दिन सम्म धुमधामले मनाउने यस जात्रा, उपत्यका कै महत्वपूर्ण तथा राम्रो जात्रा मानिन्छ । ८ दिन नै महत्वपूर्ण दिनहरु भएतापनि बैशाख १ गते मूः जात्रा रहेको छ । उक्त दिन उपत्यका आफन्त तथा सम्पूर्ण महानुभावहरु उक्त दिन जात्रा हेर्न घुइचो हुने गर्दछ ।
पहिलो दिन, क्वाविज्याः
दोस्रो दिन, सुन्यकाः
तेस्रो दिन, नखः
चौथो दिन, मूः जात्रा
पाँचौ दिन, मूः भुज्या
छैथो दिन,  धुँ भुज्या
सातौँ दिन, बौज्या
आठौ दिन, थाँ बिज्या



Reactions

Post a Comment

0 Comments