साँखुको विकास ः हामी सधैँ पछि किन ?


 एलपी माली
आज भन्दा करिव ३३०० बर्ष पहिले नै व्यापारिक राजमार्गको रुपमा परिचत भएको शहर साँखु हो  भनेर परिचय दिइरहँदा एक छिन त साँचै नै हो र ? भनेर सोच्न बाध्य हुने अवस्थामा हाल हामी पुगिसकेका छौ । विभिन्न धार्मिक, साँस्कृतिक एवं कला संस्कृति भएको एक ऐतिहासिक शहर शंखरापूर, साँखु, सक्व को हालको अवस्था हेर्दा अझै हामी दशकै पछि परेको जस्तो भान हुन्छ । परापूर्वकालमा नै आफ्नो छुट्टै धार्मिक, साँस्कृतिक एवं आर्थिक रुपमा छवि भएको, व्यापारिक चलखेलको रुपमा तिब्बतको मूल बाटो हुने गरेको भन्ने यस शहर आज आर्थिकरुपमा, समाजिक रुपमा एवं रोजगारिताको अभाव भएको अवस्थामा पुग्नुको दोष आब हामी सबैले एक ले अर्कोलाई दिएर उम्कन मिल्दैन । हामी भन्दा पछि विकासको रफतार समाटेको  भक्तपुर, किर्तिपूर जस्ता शहरहरुको आर्थिक एवं पर्यटन विकासको कार्यबाट सिक्नु पर्ने कुरालाई अझै नजरअन्दाज गर्ने हो भने हाम्रो ठाउँको विकास अझै दशक पछि सर्न सक्छ ।
अब साँखुको विकास र यसको प्रवर्धन गर्ने हो भने हामी सबै जागरुक भएर लाग्नुपर्ने देखिन्छ । राजनैतिक खिचातानी, आफु भन्दा माथिको व्यक्ति वा संरचनाको आदेशमा परिचालित हुने हाम्रो बानीमा अब परिवर्तन गर्नु पर्छ । युवा शक्तिलाई सामाजिक विकास एवं व्यक्तित्व विकास नगराई अव साँखुको विकास सम्भव छैन । धेरै जसो युवाहरु मा राम्रो मार्ग दर्शनको अभावले विभिन्न प्रकारको गलत बाटोका लाग्ने गरिएको छ । शिक्षित युवा बेरोजगारीले गर्दा धेरै जसो युवाहरु जाँड, रक्सी, गाँजा लागु पदार्थ जस्ता दुर्वब्यनी मा फस्दै गैरहेको कुरा लाई हामीले नकार्न सकिदैन । ्अझै अदक्ष कामदारको रुपमा बैदेशिक रोजगारमा जाने युवाहरुको व्यथा आफ्नै ठाउँमा छ । यहाँका राजनैतिक अगुवा हुँ भन्नेहरु ले अब खाली युवा शक्ति एवं जनताको मतलाई निर्वाचनको  भोट बढाउने साधनको रुपमा मात्र लिने हो भने उनीहरुलाई  हामीले सवक सिकाउनु पर्ने बेला आएको छ। । साँखुमा प्रशस्त मात्रमा आर्थिक पक्षलाई सबल बनाउने धेरै मार्गहरु छन् । जसलाई हेर्न र बुझ्ने दिव्य दृष्टिको अब खाँचो होइन अनिवार्य नै छ ।
साँखुको विकासमा मा अहम् भूमिका खेल्ने तत्वको रुपमा पर्यटन क्षेत्रलाई लिन सकिन्छ । आजको यस विश्वव्यापिकरणको युगमा पर्यटन एक उद्योगकै रुपमा विकास भै सकेको छ । यहाँ रहेका प्राचिन कलात्मक मठमन्दिर, झ्याल, टुँडाल, परम्परा एवं बस्तीसंरचनको अवलोकन गर्न धेरै पर्यटकहरुलाई यहाँ आकर्षित गर्ने गर्दछ । झन् चाँगुनारायण, हेलम्बु, नगरकोट एवं सुन्दरीजल र शिवपूरी राष्टिूय निकुञ्जको समिप्यताले गर्दा त झन् यसको  विकासको सम्भावनालाई बुलंद गर्दछ । बर्षेनी हजारौ पर्यटकहरु यस क्षेत्रमा घुम्न आउने गर्दछ । जसलाई हामीले व्यवस्थित गर्न नसक्दा धेरै आर्थिक आम्दानीलाई त्यसै खेर गुमाइरहेका छौँ , कमसे कम यस्ता पर्यटकहरुलाई विशेष शुल्क लिएर प्रवेश गराउने वातावरण हामीले तयार गरि जसको विकासको लागि विभिन्न कला, संस्कृतिरुको प्रदर्शन गर्ने वातारण मात्र बनाई ,यहाँको सरसफाइलाई सुस्त तुस्त गर्न सकियो भने यसले पुरै साँखुको विकास मा अवश्य पनि प्रभावकारी भूमिका खेल्न सक्दछ । त्यसकारण पनि यस सम्भावनालाई सबैले मनन गरि यस विषयप्रति अलि जोड दिने हो भने गाह्रो अवश्य छ तर असम्भव अब छैन ..................................... ।।

Reactions

Post a Comment

0 Comments