विपक्षी दलको जनप्रदर्शनको जवाफ दिने तयारी

साँखु÷नेपाली काँगे्रस, नेकपा एमाले लगायतका पार्टीहरुले जेष्ठ २६ गते र राप्रपा नेपालले जेष्ठ २७ गते जन प्रदर्शन गरेपछि सत्तारुढ नेकपा एमाओवादीले पनि यही असार १ गते जनप्रदर्शन गरि जवाफी हमला बोल्ने तयारी गरेको छ ।
पार्टीभित्र जे–जस्तो विवाद रहेतापनि नेकपा एमाओवादीले असार १ गते जनप्रदर्शन गरि विपक्षीलाई चुनौती दिने भएको हो । साथै सोही दिन वैद्यपक्षको राष्ट्रिय भेला भएकोले सो भेलालाई समेत चुनौती दिन यस्तो खाले प्रदर्शनको आयोजना सत्तारुढ घटकका सत्तारुढ नेता कार्यकर्ताहरुले गरेका हुन् ।
उनीहरु वार्ता हैन द्वन्द्वतिर उन्मुख भएका छन् । चुनाव हैन सत्ता कब्जाको रणनीतिमा उनीहरु लुब्ध भएका छन् । असार १ गतेको प्रदर्शनको तयारीको लागि केन्द्रिय समितिका पदाधिकारीहरुको बैठक राख्नुको साथै जनजाति सभासदहरुलाई समेत प्रदर्शनको लागि तयार रहन आग्रह गरेका छन् ।
हुनतः यसरी विपक्षीले गरेको विरोध प्रदर्शनको विरुद्ध प्रतिकार गरिने चलन विश्वको कुनै पनि लोकतान्त्रिक मुलुकहरुमा रहेको छैन । तापनि केही कम्युनिष्ट मुलुक र तानाशाही सरकार भएको मुलुकमा मात्रै यस्तो खाले जनप्रदर्शनको तयारी गरि अन्य प्रदर्शनको प्रतिकार गरिन्छ । अहिले नेपालमा पनि अन्य पार्टीहरुको प्रतिकार गर्न नेकपा एमाओवादीले गरेको तयारी हेर्दा उनी कुनै पनि हालतमा सत्ता छोड्न चाहँदैन उनले अहिले पनि वार्ताको नाटक गर्दै अन्य दलहरुलाई थाङ्नामा सुताउने तयारी गरेको देखिन्छ । यस्तो अवस्थामा पनि पुनः प्रजातान्त्रिक दलहरु माओवादीको पछाडि दौडिएमा मुलुकमा तानाशाही शासन आउनुको विकल्प रहँदैन सबैलाई चेतना भया !
Reactions

Post a Comment

0 Comments