चेतराम पौडेल
साँखु सहरलाई प्राचिन एवं ऐतिहासिक नगरको रुपमा चिनिन्छ । साँखु काठमाडौँदेखि उत्तरपूर्व १७ किलोमिटरको दूरीमा रहेको छ । यो नगर समुद्रि सतहदेखि १४०२ मिटरको उचाइमा रहेको छ । साँखुको क्षेत्रफल करिब २०० वर्ग किलोमिटर रहेको छ । साँखुको वरिपरि ६३ हेक्टर जंगलले ढाकेको छ । यसभित्र नदीले त्यसपछि खेत र फेरि त्यसभित्र तीन राजकूलोले क्रमिक भित्री रुपले घेरेको छ । साँखुमा कृषि योग्य जमिन १९४६ हेक्टर रहेको छ । यसरी ती तत्वहरुका बीचमा मात्र साँखु नगर रहेको पाइन्छ ।
यहाँ चौतर्फी पहाडहरुमा नेवारी नाम अनुसार उत्तरमा गुभाःगुँ, दक्षिणमा इतागुँ, पूर्वमा थुःगुँ र पश्चिममा सलंगुँ रहेका छन् । साँखुमा हाल शिक्षण संस्थाको रुपमा ३ वटा उच्च मावि १ वटा क्याम्पस ३ वटा मावि ३ वटा प्राविहरु रहेको छ । बज्रयोगिनी मन्दिर सालिनदीस्थित स्वस्थानी मन्दिर र हालै ईट्टाखेलमा स्थापित शालग्राम मन्दिर एवं छायाँवस्ती छालिङ्ग श्रीवनको श्रीधाम पञ्चमहालक्ष्मी मन्दिरले साँखु शंखरापुरलाई थप आयाम दिएके अनुभूति हुन्छ । प्राचिनकालमा भोट जाने बाटो गेट वे अफ टिबेटको रुपमा साँखु रहेको प्रशस्त प्रमाणहरु छन् । तत्कालीन अवस्थामा पानी पिउने व्यवस्था गरिएका ढुङ्गाले बनेका ट्यांकीहरु र अशोक स्तम्भ अझै ताजै छन् । साँखुमा नेवारी समाजको प्रभाव रहेका कारण वरिपरिका गाउँ टोल वस्तिका नामहरु समेत नेवारीमा छन् । जस्तै ः चुगाँ (सानो गाउँ), तिनांख्यः (लफ्सेफेदी), पालुवारी आदि गाउँहरुले चारैतिर घेरिएको छ । यस नगरको पूर्वमा पालुवारी, पश्चिममा ईन्द्रायणी सानोगाउँ, उत्तरमा घुमारीचोक, मणिचुड, झुले जस्ता मनमोहक स्थानहरु छन् । यी सबै गाउँहरुको केन्द्रिकृत बजार साँखु बजार हो । दक्षिणतिर जंगल र मनोहरा नदिले भक्तपुर र काठमाडौँको सिमाना स्पष्ट गरेको छ ।
वागमती सभ्यताको विकासकर्ता मञ्जुश्रीको नाम पनि साँखुको ईतिहासमा उल्लेख भएको पाइन्छ । काठमाडौँ उपत्यकाको पानी चोभारको डाँडोबाट निश्कासन गरी पानी सुकाएर मञ्जुश्रीले वागमतीको किनारमा सभ्यताको उदय गराई सकेपछि श्रीश्रीश्री उग्रतारा बज्रयोगिनीको दर्शन गर्न आएको महानमानव त्यहीँ प्रसिद्ध भएको मानिन्छ । मञ्जुश्रीलाई साँखुबासीहरु नेमुनीको नामले सम्बोधन गर्दै आईरहेका छन् । श्रीश्रीश्री उग्रतारा बज्रयोगिनीको मूल मन्दिरको पश्चिमतिर नेमुनि र सरस्वतीको डोमशैलीको मन्दिरभित्र मूर्तिहरु छन् । त्यसमध्ये मञ्जुश्री भनिने नेमुनीको मूर्ति चोरी भएकोले त्यसको स्थानमा सानो खालको नेमुनीकै मूर्ति विराजमान गराईएको छ । मञ्जुश्रीलाई ईतिहासकार जगदिश चन्द्र रेग्मीको नाईअनुसार “द हेरो अफ साँखु” मान्न सकिन्छ ।
साँखु सहर चीनको स्वशासित क्षेत्र तिब्बत (ल्हासा)को ठीक तल पर्ने र नेवारीमा तिब्बतलाई सँदेय् भनिने भएकोले यसैको आधारमा यस नगरको नाम नेवारीमा सँक्व भनेर रहन गएको भनाई प्रचलित रहेको छ । तर पछि समयको अन्तराल वा घटनाक्रमसँगै सँक्व शव्दको अपभ्रश हुँदै सक्व र नेपालीमा साँखु भनिन थालेको हो । हाल यो सहर साँखु नामले प्रसिद्ध भएको छ । साँखु सहरको विभिन्न समयमा विभिन्न नाम रहेको पाइन्छ । जस्तै ः मणिचुड राजाको शासन कालमा शाङ्केतु नगर रहेको थियो भने स्वस्थानीमा वर्णित नवराज राजाको पालामा यस नगरको नाम लावण्य देश रहेको किम्बदन्ती रहेको छ । तर हाल यस नगरलाई साँखु र नेवारीमा सक्व भनि सम्बोधन गर्ने गरिएको छ । तर नगरपालिका घोषणा गर्ने क्रममा भने यस नगरको प्राचिन नामबाटै शंखरापुर नगरपालिकाको नामबाट घोषणा भएको थियो ।
साँखु सहरको उत्पत्ति कलिगत सम्वत् १८०१ मा पवित्र दाहिने शंखाकार, श्रीश्रीश्री उग्रतारा बज्रयोगिनी देवीको आज्ञाले नवौ पुस्ताका बज्राचार्य पुजारी जोगदेव बज्राचार्यको तत्वावधानमा उग्रतारा बज्रयोगिनी देवीको प्रितीका लागि गरिएको थियो भने वंशावलीमा उल्लेख भएको पाइन्छ । यसको स्थापनाकालिन नाम शंखरापुर रहेको थियो । पुरानो कथन अनुसार कल्पवृक्षको फेदमा उत्पत्ति भएका सुकुमार बालकलाई पालेर राखिएको र पछि त्यो बालन नै शंखरापुरको प्रथम राजा बने भन्ने मान्यता रही आएको छ । उनको नाम शंखदेव थियो भनि मणिशैल महावदान नामक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । शंखरापुर सहरको निर्माण गरिएको हो भनी स्थापनाकालिन वंशावलीमा संस्कृत श्लोकबाट यसरी उल्लेख गरिएको पाइन्छ ।
याते कलीयुगे वर्षे शश्यकाशकरीमही ।। मासेच फाल्गुणे चैब तिथौ गोरी शितै शुभम् ।। सप्तग्राम समुहित्वाः शंखपुरो भविष्यति ।।
उक्त वंशावलीमा नागाचां, गुलिमा, शाशं, च्वबही, पावना, गुदेख्वा, गागल समेत गरी सातवटा गाउँहरुका आदिवासीको यहाँ बस्ती बसाली यसको निर्माण गरेको कुरा उल्लेख गरिएको पाइन्छ । शंखरापुरको निर्माणको सयमा साँखु ३२ लक्षण ६४ कलाले पूर्ण थियो भन्ने कुरा उल्लेख भएको पाईएको छ ।
क्रमशः .......

0 Comments