त्यो कालो दिन बैशाख १२

“आज शनिवार ल है केटा हो रमाइलो गर्नुपछर्” सादा झैँ साथीहरु संग रमाइलो गर्दै गफ गर्दै थिएँ ।  शनिवार भएको हुनाले सबै साथीहरुको फुर्सद भएकाले बुःद्यको बाह्रबर्षे मेला हेर्न जाने निधो गरेर एबिललष्लन  गरँे । साबै साथीहरु खाना खाएर साँखु बसपार्कबाट लागे– रत्नपार्क तिर, रमाइलो गर्दै, साँखु सलम्बुदेवी जंगलमात्र के पुगेको थिएँ बस एक्कासी धलमल हुन थाल्यो पल्तेला जस्तो गरि, सोचे ड्राइभर ले गर्दा दुर्घटना त हुन लागेन, पछि वरपर को सबै तार, घरहरु पनि एक्कासी हल्लिरहेको देखेँ पछि थाहा भयो ।  अहो ! भुकम्प पो आएको रहेछ। हतार हतार सबै जना बसका यात्रुहरु ओर्लियो, साँखु मा रहेको घर ! मनमा डर त्रास लिएर अलि पर छेउमा आएर हेरेँ– मेरो साँख शहरको घना बस्तीलाई । बाफरे बाफ धुँवाको बाक्लो मुस्लो जस्तै साँखु बजार को आकासमा घरहरुका भत्केको धुलोले कालो नै भइरहको यो आँखाले देखे, मनमा धेरै डर लागेर आयो । ला ! सकियो सबै ध्वस्ट भयो !  साँखु, वरपर मानिसहरुको आवाज कानमा विज्ने गरि ठोकिन थाल्यो । साथीहरु सगै एकै सासमा दौडेर साँखु बसपार्क मा पुगेर लाग्यो कुनै गृहयुद्ध भइरहेको देशमा पुगेछु जस्तो मानिसहरु रोइरहेको , चिच्याईरहेको, घर भत्केर, इता, माटो खसिरहेको, घाइते मानिसहरुलाई समाउँदै ल्याइरहेको मनमा अनेकाँै डर र भयका साथ साँगालमा पुगे अव साँखु भित्र छिर्ने कि नछिर्ने ? मनमा डर ।  फेरी फेरी पनि भुकम्प आयो भने, घरमा रहेको परिवारहरुको पिरले गर्दा त्यो डर क्षणभरको लागि मात्र रह्यो । ओ भगवान, साँखु साँगालबाट सुन्टोल सम्म जाने बाटोमा घरहरु लडि बाटो नै थिएन, अव सोचे घर ढल्यो, हे भगवान, परिवारका मानिसहरुलाई केही पनि नहोस भन्दै कामना गर्दै जाँदै थिए । एक्कासी सुन्टोलमा नारायण मन्दिर त ढलिसकेको पो रहेछ, भगवानको नाम लिदै आएको म, भगवानको घर नै भगवानले रक्षा गर्न सकेन, हामीलाई के रक्षा गर्लान ? भन्दै सोच्दै गर्दा, त्यहीँ फेरी आयो भुकम्प , जमिन हल्लाउन थाल्यो, वरपरको भत्किसकेको घरहरुको अंशहरु प्नि फेरी झत्काउने थालयो । हे भववान हामी दश जना जति थियौ सबै चिच्याउन थाल्यौ , यता उता दौडदै, धन्न थोरै समयपछि रोकियो । 

अनि एकै पाइलामा पुगौँ साल्खा टोलमा , हे प्रभु साल्खा टोलमा पुगेर थाहा पाइयो विनाश भनेको के हो ? सबै घरहरु भत्किसकेको रहेछ ।  एकै घर का ६ जनाको मृत्यु भयो । रुदै थियो भित्र जिउँदै छ, गुहार गुहार निकालि दिनु पर्यो । तर कहि कसैको मदत गर्न सक्ने स्थितिमा थिएन । सबैको आफनो घर परिवारको अवस्था बुझनलाई नै आतुर थिए । म पनि लागे साँखु धुल्ला महादेव स्थानमा पुगेँ टोलका सबै जसो मानिसहरु आएर बसिरहेको थिए ।  घर परिवारको सदस्य हरु सकुशल रहेको थाहा पाएर अलि राहत मिल्यो । 

राहतको सास फेर्न नपाउँदै, ठूलो डर उत्पन्न भयो मेरो छोरी । हे ! भगवान मेरो २ बर्षको छोरी मामाघरमा भित्रै पर्यो रे । डौदिए म बजार बाहिर बाहिरै बाट इपाटोल तिर, वरपर धरै मानिसहरु को मृत्युमा रोई, कराई, चिच्याइरहको देखेँ सुने । 
छोरी प्रनिसा, मेरो पिय , मलाई सबै भन्दा मन पर्ने मेरो मुटु उसको ममीले काखमा लिइरहेको देखे, हतपट गएर म उनलाई अगालो मार्न जाएँ, जहिले तोते बोलिमा मसंग बोलने, जिस्किने मेरो छोरी चुपचाप छे, म उसको बोली सुन्नमा आतुर थिएँ मेरा कानहरु एलपी बाबा भन्न सुन्न आतुर थिए । उसलाई लिएर बोलाए । बोलाए । अँहँ बोलिन ऊ । मेरो खुटा धर्तीमा रहेन , म हराएँ यो संसारबाट, एक छिनमा लाग्यो सबै अन्धकार भो यो संसार, अनि अनाहकै भक्कानिएँ म, मेरो भित्रको सम्पूर्ण तरल , आँसु बनेर झर्न थाले, म चिच्याए, काराँए, उसको कोमन अनुहार, जहिले बोलिरहेन ओठ शान्त थियो । सुन्दर मेरो छोरीको कपास जस्तो शरिरमा निलो दाग देखेँ । असह्य पिडा बोध भयो । मेरो छोरी मलाई छोडि गइसकेछ ।  मलाई जहिले बोलाउने बोलि अब कहिले नबोलाउने, गरि कहिने नउठनेगरि मेरो प्रनिशा । जीन्दगीमा कहिले नभरिने घाउ दिई गयो यो १२ गते । 

2072/1/12 gate
शंखरापुर नगरपालिका भरि ११५ जनाले ज्यान गुमाएको यस महा बिपत्तीमा साँखु बजार भित्र मात्र ४५ जनाले अकाल मै ज्यान गुमाउनु पर्यो । 


Reactions

Post a Comment

0 Comments