सेना वा माओवादीले सत्ता कब्जा गर्ने !

सेना वा माओवादीले सत्ता कब्जा गर्ने !
साँखु÷राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यही अवस्था लामो समयसम्म रहीरहे आउँदो जेठ १४ मा संविधान त बन्दैन नै तर संविधान बन्नुको सत्ता सोही दिनदेखि सेना वा माओवादीले सत्ता कब्जा गरि अधिनायवादी शासन सत्ता चलाउनसक्ने उद्घोष गरेका छन् ।
वर्तमान सरकार संविधान बनाउनतिर भन्दा भ्रष्टाचार बढाउन र अपराधी छुटाउन लागिपरेको बताउँदै यस्तै अवस्था रहे मुलुकबाट विधीको शासन खत्तम हुने चेतावनी पनि दिए । अपराधीलाई सजायँ दिनुको सट्टा उन्मुक्ति दिने कार्यले सरकारले अपराधलाई व्यवसायीकरण गरेको आरोप लगाउँदै संविधान नबन्नुको प्रमुख दोष एमाओवादी, काँगे्रस र एमालेले लिनुपर्ने बताएका थिए । उहाँले सो कुरा ईटहरीमा आयोजित पत्रकार सम्मेलनमा व्यक्त गरेको हो ।
उनले अब पनि मुलुकमा संवैधानिक राजतन्त्रको उत्तिकै आवश्यकता रहेको चर्चा गर्दै समयमै राजनैतिक पार्टीका नेताहरुले बुद्धि पु¥याउनुपर्ने बताएका थिए ।
२०४७ कै संविधान ब्युँताउनु आवश्यक–देउवा
नेपाली काँगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले विराटनगरमा पत्रकारहरुसितको कुराकानीमा २०४७ को संविधानमा गणतन्त्र, धर्म निरपेक्षता र राजसंस्थाको स्थानमा राष्ट्रपति राखेर २०४७ कै संविधान लागू गर्नुपर्ने तर्क गर्दै आफूले यस सम्बन्धमा एमाओवादी अध्यक्ष प्रचण्डलाई समेत भनिसकेको बताएका थिए । उनको कथन थियो वर्तमान सरकार निकम्मा भईसकेको छ तर यो सरकार ढाल्न मधेशी मोर्चाको समर्थन रहेसम्म सम्भव नभएको विचार व्यक्त गर्दै यही रवैयाले नयाँ संविधान नबन्ने भएकैले २०४७ को संविधान ब्युँताउनुपर्ने बताएका थिए । एक अर्को प्रसंगमा राजसंस्था पुनः आउन नसक्ने बताउँदै राजतन्त्र आउने र जाने हुँदैन । राजसंस्थाको भविष्य सकिइसक्यो भनेका थिए ।
Reactions

Post a Comment

0 Comments