Bal Krishna Shrestha has been selected for new president of Salinadi Samiti

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको आगामी दुई वर्षे कार्यकालको लागि साल्खाटोलका प्रतिनिधि बालकृष्ण श्रेष्ठ निर्वाचित हुने भएको छ ।उहाँ यही कार्तिक १२ गते बलंपुली (ब्रम्हपुर)मा गरिएको टोल भेलाबाट छानिनुभएको हो । टोल भेलाको सो निर्णयमा अध्यक्षका प्रत्यासीहरु एनिस श्रेष्ठ र बालकृष्ण सिंको समर्थन रहेको छ भने रामकृष्ण सिं डंगोलले असहमति व्यक्त गरेको छ । टोल भेलाबाट छानिएका बालकृष्ण श्रेष्ठलाई विधिवतरुपमा भोलि बस्ने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले आव्हान गरेको साल्खाटोलको भेलाले निर्वाचित गरिनेछ । सो बैठक भोलि बिहान ७ः३० बजे साल्खाटोलको रामझोपडी भजन मण्डलमा बस्नेछ ।सो भेलाले साल्खाटोलबाट अध्यक्ष सहित ४ जना प्रतिनिधि छनौट गर्नेछ भने कोषाध्यक्ष पदमा समेत अध्यक्षले नै मनोनति गर्नेछ ।अन्य पदाधिकारीहरुको छनौट भने साँखु बजारको आठवटै टोलबाट छनौट भएर आएका २५ जना सदस्यमध्येबाट छनौट गरिनेछ ।अहिले गठन हुन लागेको समितिले आगामी दुई वर्षको माघ मेलाको व्यवस्थापन गर्नुका साथै शालिनदी परीसरमा गरिने भौतिका विकास निर्माणका कार्यहरु समेत तदारुकताका साथ गर्नेछ ।दुई वर्ष पछि यस संस्थाको अध्यक्षता चलाखु टोलबाट हुनेछ । यो समितिमा पदाधिकारीहरु दुई दुई वर्षमा परिवर्तन हुने गर्दछ ।

via= www.lawanyasandesh.com

Reactions

Post a Comment

0 Comments